यज्ञप्रसाद सापकोटा,बर्दिया ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरण कुमार पाण्डेले दुग्ध विकास संस्थानले सानाकिसान सहकारीलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम आगामी मंगलबार सम्म भुक्तानी गरिने बताउनु भएको छ । उहाँले यस पछिको दुधको कारोबारको रकम २५ दिन भित्र भुक्तानी गर्ने बताउनु भएको छ ।

बर्दिया जिल्लामा भएको सानाकिसान कृषि सहकारी संघको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । कार्यक्रममा दुग्ध विकास संस्थानले हाल सम्म पनि यस अघिको रकम भुक्तानी नगरेको भन्दै सहकारी संस्थाका पदाधिकारीले गुनासो गरेपछि सोमबार आँफु काठमाडौँ फर्कने र मंगलबार सम्ममा सहकारीलाई रकम भुक्तानी गर्ने बताउनु भयो । जेठको भुक्तानी गरेको एक हप्ता पछि असारको पनि भुक्तानी हुने जानकारी गराउनु भयो । अब हुने दुध कारोबारमा २५ दिनमा दुधको भुक्तानी हुने बताउँदै उहाँले भन्नु भयो –æ हामीले दिन नसके बैँक मार्फत भुक्तानी हुन्छ बैंकलाई ब्याज हामीले भुक्तानी गर्छौँ ।
सानाकिसान सहकारीबाट दैनिक ६० हजार लिटर दुध खरिद गर्ने सम्झौता भएको र सोही कार्यन्वयनका लागि विभिन्न जिल्लाहरू पुगिरहेको उहाँले बताउनु भयो । उहाँले सबै सानाकिसान सहकारीलाई दुध संकलन गरी दुग्ध विकास संस्थानमा बिक्रि गर्न अनुरोध गर्दै संस्थानका कमिकमजोरीलाई सुधार्ने, दुधको रकम समयमा भुक्तानी गर्ने र किसानलाइ उचित मुल्य दिने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।

प्रमुख अतिथी समेत रहनुभएको महाप्रबन्धक डा. पाण्डेले सानाकिसान कृषि सहकारी संघ संगको सहकार्यमा नेपालगञ्जमा पाउडर दुध उत्पादनका लागि उद्योग खोल्ने योजना बन्दै गरेको खुलासा गर्नु भएको छ । उहाँले भन्नु भयो –æउद्योग स्थापना भएपछि जुनसुकै सिजनमा पनि दुध सहजै खपत हुन्छ र रकम पनि नियमित भुक्तानी हुन्छ ।Æे
æसंस्थानमा धेरै जटिलता छ त्यसलाई समाधान गर्न तर्फ लागेका छौँ । उहाँले भन्नु भयो –æविगत् सरकार र दुग्ध विकास संस्थानबाट भएका कमिकमजोरीलाई केही समय भुलेर सहयोग गरिदिनु होला, हामी सच्चिन चहाछौँ हामी फरक ढंगबाट अगाडि बढ्न चहान्छौँ । विगतकका गतिविधिले गर्दा दुग्धविकास संस्थान किसानबाट टाढा भएको बताउँदै संस्थागत र नीतिगत रुपमा सुधार गर्दै विगत्का कमजोरी र गल्तिलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

किसानको उत्थानका लागि सानाकिसान कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेको उहाँले बताउनु भयो । सम्झौता गरेर अगाडि बढेपछि ठुलो तरंग आएको उहाँले बताउनु भयो । सम्झौता कार्यन्वयन नहोस् भनेर संगठित र असंगठित धेरै तत्वहरु लागेको बताउनु भयो ।
कार्यक्रममा सानाकिसान सहकारीका पदाधिकारीहरूले दुग्धविकास संस्थानको कमिकमजोरी र सुधार गर्नुपर्ने पक्षमा जोड दिएका थिए । हाल बर्दिया जिल्लाबाट तिन ओटा सहकारीले दुग्धविकास संस्थानमा नियमित दुध बिक्रि गर्दछन् । बजारको पहुँच नहुँदा दुध बिक्रिमा भएको समस्या समाधान हुनेमा ढुक्क रहेको सानाकिसान कृषि सहकारी संघ बर्दियाका अध्यक्ष हरी अधिकारीले बताउनु भयो ।
बर्दियाका सहकारीले चैत महिना सम्मको दुधको पैसाको भुक्तानी पाएका छन् । दुग्धविकास संस्थान कोहलपुरका प्रमुख दिलिपकुमार चौधरीका अनुसार कोहलपुरमा संकलन भएको दुधको डेढकरोड रुपियाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउनु भयो ।
यता सानाकिसान कृषि सहकारी संघले बर्दिया जिल्लाभरीका ३१ ओटा सहकारी संस्थाहरूको क्षमता विकास तालिम एव आर्थिक वर्ष २०८२/८३ काे वार्षिक प्रगती समिक्षा गरेको छ । सानाकिसान कृषि सहकारीको अबको कार्यदिशाको बारेमा कार्यक्रममा छलफल गरिएको उपाध्यक्ष डम्बर केसीले बताउनु भयो । उहाँले सहकारीको गतिविधिको समिक्षा गर्दै उनीहरुको क्षमता विकासका लागि प्रशिक्षण समेत दिइएको जानकारी गराउनु भयो ।









