बर्दिया । बर्दियामा ५० बोरा तरबुजाको बिउ फेला परेको छ । बढैयाताल गाउापालिका वडा नं २ फुटाहामा लुकाइ छिपाइ राखेको तरबुजाको बर्दियामा प्रहरीले १० लाख बराबरको तर्बुजाको बिउ फेला पारेको हो ।
बाटोको छेउमा खरबुजाको बिउमा लुकाइ राखेको गोप्य सुचनाको आधारमा तरबुजाको बिउ फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो । उहाँले हालको बजार मुल्य अनुसार तरबुजाको बिउको मुल्य १० लाख रुपियाँ बराबरको रहेको छ ।
फेला परेको तरबुजाको बिउ आवश्यक अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाइएको छ ।









