यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियामा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा काठ लोड गरेको ट्रकमाथी बसेका बाँसगढी नगरपालिका ९ बस्ने पुरन थारूको मृत्यु भएको हो ।
भैसाही देखि नेपालगञ्ज काठ लैँजादै गरेको लु १ ख ५७४७ नं को काठ लोडको ट्रक माथी बसेर विद्युतका तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरी जनाएको छ । गाडिले छुनसक्ने तारलाई गाडि माथी चढी पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भयो ।
करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको र सोही क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालक बाँसगढी नगरपालिका ९ बस्ने रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








