बर्दिया । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा बर्दियाका नेपाल भारत सीमा क्षेत्रमा सचेतना मूलक घरदैलो कार्यक्रम गरिएको छ। २० औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका अवसरमा सीमा क्षेत्रमा घरदैलो तथा सचेतना मूलक कार्यक्रम गरिएको हो।
घरदैलो तथा सचेतना मूलक कार्यक्रममा स्थानीयवासीलाई मानव बेचबिखन तथा ओसारपसारबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै पर्चा पम्प्लेट वितरण गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा स्थानीय समुदायलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, रोजगारी तथा वैदेशिक यात्राका क्रममा आवश्यक कागजात र जानकारीको यकिन गर्न तथा शङ्कास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।’








