बिशाल बस्नेत, मधुवन ।
बर्दियामा ६० वर्षीय एक जेष्ठनागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं १ बडकी टडुवाकी क्याउली थरुनी रहेकी छन् ।
गत आइतबार देखि हराइरहेकी क्याउलीको खोजतलास गर्ने क्रममा सिँचाई नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । उनी घर देखि आठ सय मिटर पश्चिम तर्फ सिचाई नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक महेन्द्र सेनले बताउनु भयो । उहाँले मृतक थारुनीको शव बर्दिया अस्पतालमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको बताउनु भयो ।








